२०७८ असार ८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ, ४ जेठ । शरीरको फोक्सो, नसा र स्नायुलाई तन्दुरुस्त राख्न शङ्खनाद प्रभावकारी हुने परम्परागत भनाइ छ । यसमा आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ तर बिरामी अवस्थाका मानिसलाई भने यस्तो अभ्यास उचित नहुने चिकित्सकको सुझाव छ । बाँसबारी अस्पतालका वरिष्ठ स्नायुरोग विशेषज्ञ डा. गोपालरमण शर्माका अनुसार श्वासप्रश्वास र स्नायु तन्दुरुस्त राख्न शङ्खनाद प्रभावकारी छ । उनले शङ्खनादले फोक्सोका स्नायुलाई स्वस्थ रहन सहयोग गर्ने बताए । उनका अनुसार स्वस्थ मानिसले शङ्ख फुक्दा फोक्सोको अभ्यास हुन्छ तर बिरामीले भने यो अभ्यास गर्नुहुन्न ।

प्राण वायु लिने फोक्सो स्वस्थ रह्यो भने श्वासप्रश्वाससम्बन्धी रोगले चाँडो समाउन सक्दैन । चिकित्सकका अनुसार विगत डेढ वर्षदेखि नेपाललगायत विश्वलाई नै आक्रान्त बनाएको कोरोना (कोभिड– १९) श्वासप्रश्वाससम्बन्धी रोग हो । फोक्सोको क्षमता कमजोर भएकालाई कोरोनाले चाँडो आक्रमण गर्छ ।

बागमती अञ्चल आयुर्वेद औषधालयका प्रमुख डा. अञ्जु कार्कीले पनि शङ्खनाद स्वास्थ्यका लागि निकै लाभदायक रहेको बताइन् । उनले भनिन्, “शङ्ख फुक्दा रोग प्रतिरोधात्मक शक्ति, मानसिक स्फूर्ति, स्नायुको तन्दुरुस्ती र फोक्सोको कसरत हुन्छ । शरीरमा भएका विकार हटाउने र फोक्साका अक्सिजन थैलीलाई अक्सिजनयुक्त राख्न शङ्ख बजाउनु निकै लाभदायक छ । ”

उनको सुझाव छ, “शङ्ख फुक्ने अभ्यासले फोक्सोको प्राण वायु लिने क्षमता बढाउन सकिन्छ तर श्वासप्रश्वासका बिरामीले यस्तो अभ्यास गर्न हुन्न । ” आनन्दखेरा फ्रेन्ड एन्ड फेमिली ट्रस्टका डा. पदमराज भारतीले आफूले शङ्ख बजाउन सुझाव दिइरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!