२०८२ आश्विन ५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ४ जेठ । साह्रै स्वादिलोका साथै पोषक तत्वले भरिएको फल हो लिची । लाम्चा पात र खस्रो बोक्रा हुने मसिना मसिना फूल फुल्ने र रसदार गुलियो काँडादार फल हुने एक जातको वृक्षलाई लिचीको बोट भनिन्छ भने त्यसैको फललाई लिची भनिन्छ । चिनियाँ भाषामा लिची भन्दछन् । अंग्रेजीमा भाषामा (Litchi) लिटची अथवा लिची(Lycha) भन्दछन् । यसको वैज्ञानिक नाम (Litchi Chinessis) लिचि चाइनेन्सीस हो ।

यो वनस्पति स्यापिन्डेसी (Sapn-da-ce) परिवार समूहमा पर्दछ । यो सदावहार मझौला आकारको फल वृक्ष हो । यसको खेती उष्ण तथा उपोष्ण जलवायुमा सफलता साथ हुन्छ । नेपालमा तराईदेखि ४००० फिटको उचाइसम्मका पहाडमा यसको खेती गरिँदैआएको पाइन्छ । लिचीको उत्पत्ति दक्षिण चीनमा भएको हो । त्यहाँबाट नेपाल, भात, पाकिस्तान हुँदै अन्य देशहरुमा फैलिएको हो ।

पाकेको फलमा कार्बोहाइड्रट, प्रोटिन, चिल्लोपदार्थ, खनिज तत्व, भिटामिन ए, बी र प्रशस्त मात्रामा भिटामिन सी हुन्छ । फल ताजा खाइन्छ । डिब्बा बन्दीफल, सर्वत, आचार, मदिरा आदि उत्पादन गर्न सकिन्छ । न्यायो उपोष्ण जलवायु लिचीको खेतीका लागि उत्तम हुन्छ । चिसो सुक्खाका तुषारोरहित हिउँद, धेरै वर्षा एवम् लामो अवधिसम्म रहने वर्षायाम तथा बढी आद्र्रता हुने क्षेत्रमा लिची राम्रो हुन्छ । लिची कम उचाइमा राम्रो हुन्छ । तर ८०० मिटरसम्मको उचाइमा सन्तोषजनक फल लिन सकिन्छ । न्यूनतम तापक्रम १५ डिग्री सेल्सियस र उच्चतम तापक्रम ३० डिग्री सेल्सियससम्म हुने स्थान यसका लागि उपयुक्त मानिन्छ ।

लिचि सबै प्रकारको माटोमा लगाउन सकिन्छ तर पानीको निकासको राम्रो व्यवस्था भएको र पि.एच. मान ५.५ सम्म भएको बलौटे दोमट माटो उत्तम हुन्छ । ठूलो बोटको जरा फैलिएको माटोमा माइकोराइज ढुसी पाइन्छ । यो ढुसी भएको माटो नयाँ लिची बिरुवा लगाउँदा यसको जरा नजिक मिसाएमा बोट छिटो फष्टाउँछ ।

सूर्यको प्रकाशले गर्दा फलहरुको एकपट्टि डढ्ने र फलहरु फुट्ने लिचीको एउटा ठूलो समस्याको रुपमा देखा परेको छ। फलहरु विकसित भईरहेको र पाक्ने अवस्थामा फुट्ने गर्दछन् । फल फुट्ने क्रम कम आद्रता भएका गरम र सुख्खा ठाउँमा बढी हुने गर्दछ ।

फल फुट्नबाट जोगाउन लिचीलाई फलको विकास भईरहेको समयमा पानीको अभाव हुन दिन हुदैन । फलको विकासको समयमा जिंकसल्फेट (१.५५), जिब्रेलिक एसिड (४० पि.पि.एम.) अथवा इथेफोन (१० पि.पि.एम.) छर्नाले फल फुट्न कम हुदै जान्छ।

लिची फल बोटमै पाकेपछि टिप्ने खालको फल भएकोले धेरै काँचोमा टिप्न सकिदैन । टिपेका फलहरु साधारण अवस्थामा २–३ दिन मात्र टिक्दछन । शीत भण्डारणमा १–७ डिग्री सेन्टिग्रेड तापक्रममा २–३ महिनासम्म राख्न सकिने परिक्षणबाट देखिएको छ तर ब्यवहारमा यसरी राखेको पाइन्न । प्लाष्टिकको थैलामा साना–साना प्वालहरु बनाई फललाई १स्३ गरी राखेमा ७–८ दिनसम्म ताजै राख्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!