
काठमाडौँ, ६ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठन गर्न आह्वान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सविंधानको धारा ७६(४) अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने तर अहिलेको राजनैतिक घटनाक्रम अनुसार विश्वासको मत प्राप्त गर्ने आधार नरहेको ले धारा ७६(५) अनुसार प्रक्रिया अघि बढाउने भन्ने आजको मन्त्रीपरिषद्को निर्णय अनुसार राष्ट्रपतिले वैकल्पिक सरकारको लागि आह्वान गरेको विज्ञप्तिमा जनाइएको छ ।
राष्ट्रपति कार्यालयले बिहीबार राति विज्ञप्ति जारी गर्दै भोलि जेठ ७ गते साँझ ५ बजेसम्म विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न समय दिएको विज्ञप्तिमा जनाइएको छ ।