२०८२ चैत्र २०       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर । आफ्नै कोठामा सलको पासो लगाएर आत्महत्या गरेकी एक महिलाको शव अस्पतालमा अलपत्र अवस्थामा परेको छ । प्रहरीले पटक–पटक पत्राचार गर्दा पनि आफन्त सम्पर्कमा नआउँदा उदयपुर जिल्ला कटारी–३ (साबिक) स्थायी ठेगाना भएकी दिलकुमारी तामाङ (राई) को शव धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अलपत्र परेको हो ।

दुर्गाबहादुर राईकी छोरी दिलकुमारीको शव गत वैशाख ३१ गते उनकै कोठामा झुण्डिएको अवस्थामा भेटिएको थियो । उनी इनरुवा–३ स्थित कोठा भाडामा बस्दैअाएकी थिइन् ।

घरबेटीले दिएको सूचनाका आधारमा प्रहरीले उनको शव पोस्टमार्टमका लागि बिपी अस्पताल पठाइएको बताउँदै जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्र कार्कीले आफन्तलाई उदयपुर प्रहरीमार्फत पत्राचारसमेत पठाउँदै अनुसन्धान थालिए पनि अझैसम्म आफन्त सम्पर्कमा आएका छैनन् ।

‘घटना भएको दस दिन भइसकेको छ तर अझै पनि उनको शव घोपा अस्पतालमै अलपत्र छ’, उनले ग्रामीण खबरसँग भने, ‘कोठामा भेटिएको नागरिकताको आधारमा ठेगानासम्म खुल्यो । सोही ठेगानामा पत्राचार गर्दा पनि परिवारजन अझै सम्पर्कमा आएका छैनन् ।’ उनका अनुसार अझैसम्म पनि उनको शव बिपीको शवगृहमै छ ।

कार्कीका अनुसार अब एक–दुईभित्र आफन्त सम्पर्कमा नआए धरान उपमहानगरको समन्वयमा शव व्यवस्थापन गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!