२०८२ चैत्र २०       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, १० जेठ । नेपाली काङ्ग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले मुख्यमन्त्री शेरधन राई र अन्य प्रदेश मन्त्री तथा उच्च सरकारी अधिकारीले खोपीमा लुकाएको कोरोना भ्याक्सिन सर्वसाधारणलाई उपलब्ध गराउन माग गरेका छन् ।

प्रदेश मुख्यमन्त्री, मन्त्री र माथिल्लो दर्जाका व्यक्तिले कोभिसिल्ड भ्याक्सिनको दोस्रो डोजका भायलहरू लुकाएको आरोप लगाउँदै उनले खोपलाई मुख्यमन्त्री, मन्त्री र उच्च सरकारी अधिकारीका खोपीबाट बाहिर निकालेर सर्वसाधारणलाई उपलब्ध गराउन माग गरेका हुन् ।

प्रदेशमा भण्डारण गरिएको कोरोनाविरुद्धको खोप अनाधिकृत दुरुपयोग भएको तथा सरकारले लुकाएको आरोप लगाउँदै कार्कीले खोप अभियानलाई प्राथमिकता दिनुको साटो भनसुनका आधारमा पहुँचवर्गलाई लगाइदिने गरिएको बताए ।

‘कोभिड–१९ विरुद्धको खोप अभियानलाई प्राथमिकता दिनुको साटो प्रदेशमा मुख्यन्त्री, मन्त्री र माथिल्लो दर्जाका कर्मचारीले भनसुनका भरमा आफ्ना निकटका मानिसहरूलाई हान्ने काम भइरहेको छ,’ उनले जारी गरिएको विज्ञप्तिमा उल्लेख छ, ‘मुख्यमन्त्री कार्यालय, प्रदेश प्रमुख निवास, मन्त्रालय र मन्त्री निवासहरूमा आफ्ना पार्टीका नेता–कार्यकर्तालगायत आफ्ना नातागोतालाई खोप लगाउने गरिएको छ ।’

‘आम नागरिकले दोस्रो डोजको खोप लगाउने बेला सकिन लाग्दासमेत प्रदेशमा भण्डारण गरी राखिएको खोप अनाधिकृत रूपमा दुरुपयोग हुनु दुर्भाग्यपूर्ण हो,’ उनले भने, ‘खोपलाई मुख्यन्त्री र सरकारी उच्च अधिकारीको खोपीबाट निकालेर सर्वसाधारणलाई उपलब्ध गराउन माग गर्दछु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!