२०८२ कार्तिक ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सुनसरी, ११ जेठ । धरान उपमहानगरपालिका – २ रत्नरोडबाट प्रहरीले एम्बुलेन्सबाट एक सय किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

सोमबार बेलुका ७ बजे अस्थाई प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले धनकुटाको भेडेटारबाट धरानतर्फ आउँदै गरेको को १च ५५५९ नम्बरको एम्बुलेन्सलाई रोकेर चेकजाँच गर्दा एम्बुलेन्सको पछाडीको भागमा २५÷२५ किलोग्रामको ४ वटा झोलामा एक सय किलोग्राम लागुऔषध गाँजा बरामद गरेको हो ।

बरामद गरिएको गाँजा सहित एम्बुलेन्स, एम्बुलेन्स चालक धरान १५ का ३६ बर्षीय बल बहादुर लिम्बु र एम्बुलेन्समा सवार धनकुटा घरभई हाल धरान – ११ बस्ने २८ बर्षीय पोशन राईलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय भरानले जनाएको छ ।
उनिहरूका सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!