२०८२ आश्विन ५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

बुटवल, १३ जेठ । कोरोना सङ्क्रमणका कारण वैदेशिक रोजगारी गुमाएर स्वदेश फर्किएका युवाको दिनचर्या अहिले बदलिएको छ । तीमध्ये धेरैले गाउँमै आफ्नै खेतबारीमा पसिना बगाइरहेका छन् । बाँझो जमिन जोतेर हराभरा बनाएका छन् । कृषि उत्पादनबाट राम्रो आम्दानी पनि गरिरहेका छन् । त्यस्तैमध्येका एक हुन्, रुपन्देहीको सैनामैना नगरपालिका–६ का दीपक नेपाली ।

वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका दीपक कोरोनाका कारण रोजगारी गुमेपछि गत वर्षको चैतमा बल्लतल्ल घर फर्किए। लामो समय बेरोजगारीका दिक्दारी दिन बिताएका दीपक अहिले भने आफ्नै खेतबारीमा रमाइरहेका छन् । पाँच कट्ठा खेतमा काँक्रा, करेला, बोडीलगायत तरकारी लटरम्म फलाएका छ । गोलभेँडा, खुर्सानी, बन्दालगायतका मौसमी तरकारी पनि उस्तै छन् । पशुपालनबाट मलको व्यवस्था गर्नुहुन्छ र थोपा प्रणालीबाट सिँचाइ ।

धेरै वर्षसम्म बाँझो रहेको खेत अहिले हराभरा भएको छ । स्थानीय व्यापारी र उपभोक्ता तरकारी किन्न उहाँको खेतसम्म पुग्न थालेका छन् । वृद्ध बाबुआमा, दुई जना सुस्त मनस्थितिका भाइसहित आठ जनाको परिवार पाल्ने जिम्मेवारीमा रहेका दीपक अहिले तरकारी खेतीबाट सबै खर्च व्यवस्थापन गर्दै आम्दानी गर्न सफल भएका छन् । उनले अहिले मासिक ४० हजार रुपियाँसम्म आम्दानी गर्न थालेको बताए ।

“धेरै महिना त के गरौँ, के गरौँ ? भनेर दिक्दारीमा रहेँ । सेतो गुराँस बाल विकास संस्थाका प्राविधिकहरूले घरमै आएर सल्लाह दिएपछि कृषिमा होमिएँ । ” उनले सिँचाइका सामग्री, टनेल र बीउबिजनका लागि नगरपालिकाबाट अनुदान पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!