पाँचथर, १३ जेठ । कोरोना भाइरस सङ्क्रमणका कारण पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्बर–४ का वडा अध्यक्ष श्रीप्रसाद शिगुको मृत्यु भएको छ । उनको बिहीबार बजेतिर झापा बिर्तामोड स्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको हो ।
बिगत १६ दिन देखि बिएन्डसीमा उपचारत उनको आज बिहान ८ बजेतिर मृत्यु भएको गाउँपालिकाका अध्यक्ष भुवानीप्रसाद लिङदेनले पुष्टि गरे । भेन्टिलेटरमा लामो समय राखेर उपचार भइरहेकै बेला शिगुको मृत्यु भएको उनका दाइ सर्ण शिगुले बताए ।
उनका अनुसार शिगुको शव व्यवस्थापन झापामै गर्ने तयारी भइरहेको छ । नेपाल कम्युनिस्ट पार्टी(एमाले ) जिल्ला कमिटी सचिवालय सदस्य समेत रहेका शिगुका एक छोरा र छोरी छन ।




