काठमाडाैँ, १५ जेठ । आगामी आर्थिक वर्षको बजेटमा भाषणमार्फत् सबै सामाजिक सुरक्षा भत्ता बढाएको छ । ज्येष्ठ नागरिक, एकल महिला तथा अपांगहरुलाई दिइने मासिक भत्तामा ३३ प्रतिशत वृद्धि गरिएको छ । ज्येष्ठ नागरिक भत्ता ४००० पुगेको छ ।
आर्थिक वर्ष २०७८/७९ को लागि आयव्यय विवरण प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडलले वृद्धभत्ता लगायत सामाजिक सुरक्षा भत्ता परिमार्जन गरिएको जानकारी दिए ।




