
काठमाडाैँ, १५ जेठ । सरकारले आगामी वर्षको बजेटमार्फत् मल खरिदका लागि १२ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । अध्यादेशमार्फत् ल्याइएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले मल खरिदका लागि १२ अर्ब बजेट व्यवस्था गरिएको जानकारी दिए । चालू आबमा मल खरिदका लागि ११ अर्ब रुपैयाँ छुट्याइएको छ ।
यस्तै, सरकारले बाँझो रहेका सरकारी जग्गालाई खेती गर्न निजी क्षेत्रलाई दिने भएकाे छ । कृषिलाई आधुनिकरण गर्न र बाँझो जमिनलाई प्रयोग गर्न यस्तो योजना ल्याइएकाे उनले बताए ।
यसैगरी, सरकारले कृषकका लागि दिने अनुदान रकम बढाएको छ । अनुदानका लागि ७ अर्ब रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री पौडेलले जानकारी दिए ।