२०८० चैत्र ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडाैँ, १५ जेठ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सिंहदरबारमा आयोजित कार्यक्रममा आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै गत वर्षभन्दा यस वर्ष स्वास्थ्य क्षेत्रको बजेट वृद्धि गरिएको जानकारी दिएका छन्  । उनले स्वास्थ्य क्षेत्रको एक खर्व २२ अर्ब ७७ करोड बजेट विनियोजन गरिएको बताए ।

उनले सरकारले कोरोना सङ्क्रमण न्यूनीकरणका लागि बजेट केन्द्रीकृत गरेको र बजेट अभाव हुन नदिने जानकारी पनि दिए । यस्तै सरकारले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणका लागि रु ३७ अर्ब ५३ करोड विनियोजन गरेको छ ।

यस्तै सरकारले कोभिड–१९ विरुद्धको खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ । त्यसैगरी सरकारले कोभिड जोखिम भत्तालाई निरन्तरता दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!