२०८२ आश्विन ५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, १६ जेठ । मोरङको बेलबारी नगरपालिकाले अस्ट्रेलियाबाट ल्याएको भन्दै किसानहरूलाई बोयर जातको बाख्रा वितरण गरेपछि नगरपालिकाको चर्को आलोचना भएको छ । नगरपालिकाले अस्ट्रेलियाबाट ल्याएको भनिएको बोयर जातको बाख्रा धादिङको रहेको दाबी गर्दै नगरबासीले टिका-टिप्पणी गरिरहेका छन् ।

शनिबार नगरपालिकाले कृषक समूह तथा ब्यवसायिक फर्महरूलाई बाख्राका पाठा–पाठी वितरण वितरण गरेको जनाएको थियो । नगरपालिकाले ५२ वटा बोयर जातको बोका तथा ३८ वटा पाठी वितरण गरिएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताएका थिए । उनका अनुसार एक करोड २५ लाख मूल्य खर्च गरेर नगरपालिकाले अस्ट्रेलियाबाट बोका ल्याएर वितरण गरेको हो ।

यता, प्रमुख प्रशासकीय अधिकृत प्रदीप साहले अनुदानमा दिएका बाख्राहरू बिक्री गर्न नपाउने शर्त राखेर वितरण गरिएको बताएका थिए । अष्ट्रेलियालाई बोयरको प्रजनन केन्द्रका रूपमा मान्ने गरिन्छ ।

तर, नगरपालिकाले अस्ट्रेलियाबाट ल्याएको भनिएको बोयर जातको बाख्रा धादिङ, पोखरा र बागलुङ जिल्लाबाट ल्याएको स्थानीयको आरोप छ । धेरैले सामाजिक सञ्जालमा बेलबारी नगरपालिकाले अस्ट्रेलियाबाट ल्याएको भन्दै अनियमितता गर्न खोजेको आरोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!