
इनरुवा, १६ जेठ । सुनसरीको सीमावर्ती क्षेत्रबाट १६५ केजी गाँजासहित एक जना पक्राउ परेका छन् । प्रहरीले कोसी गाँउपालिका–८ का ४० वर्षीय गणेश यादवलाई शनिबार राती २ः४५ बजेको समयमा १६५ केजी गाँजासहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरी र सीमा प्रहरी चौकी भाण्टावारीबाट खटिएको टोलीले नियमित गस्तीका क्रममा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए । उनका अनुसार कोसी गाँउपालिका–८ स्थित राजमार्ग दक्षिणपट्टी रहेको पानीटङ्की नजिक प्लाष्टिकले बेरेर शंकास्पद रूपमा राखिएको ६ वटा बोरा राखिएको थियो ।
प्रहरीलाई शंका लागेपछि खोल्दा गाँजा देखिएकाले थियो । गाँजा भेटिएपछि धनीको खोजी गर्ने क्रममा नजिकै रहेका यादवलाई फेला पारी नियन्त्रणमा लिइएको उनले बताए । यस्तै, पक्राउ परेका यादवमाथि लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम जिल्ला अदालत सुनसरीबाट आइतबार म्याद थप गरी अनुसन्धान कार्य भइरहेको थापाले बताए ।