२०८२ कार्तिक ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, १७ जेठ । तीन जना भारतीय आरोही सहितआठ जनाले आज विहान सगरमाथाको आरोहण गरेका छन् । एक साता खि आरोहण क्रममा रहेका उनीहरु खराव मौसमका कारण दोस्रो क्याम्पमा रोकिएका थिए ।

आरोहण गर्नेमा भारतीय आरोही अमित कुमार नेगी, निरज चौधरी, सोरङ ताजित रहेका छन् । नेपाली आरोहीमा फुर्वा दोर्ची शेर्पा, फुर्वा शेर्पा, डेण्डी शेर्पा, नुरी शेर्पा र नापी विभागका कर्मचारी युवराज धिताल रहेको आरोहण आयोजक ट्रेकिङ कम्पनी पिक प्रमोसन नेपालका निर्देशक बाबु शेर्पाले जानकारी दिए ।

यसअघि दुई चरणमा आरोहण सम्पन्न भई सकेको छ । जेठ ९ गते एकै दिन १७७ जनाले सगरमाथाको आरोहण गरेका थिए । यस बसन्त मौसमको सगरमाथा हिमाल लगायतका आरोहण अन्तिम चरणमा पुगेको र ९० प्रतिशत आरोहण सम्पन्न भई सकेको सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

यस वर्ष ४४ आरोहण दलबाट ४०८ जना आरोहीले सगरमाथा आरोहण अनुमति लिएर तयारी अवस्थामा आधार शिविरमा बसेका छन् । पर्यटन विभागका अनुसार सगरमाथा आरोहण गर्ने यो आरोहीको सङ्ख्या हालसम्मकै उच्च भएको बताइएको छ ।

आरोहीमध्ये ३१५ पुरुष, ९२ जना महिला र एक जना तेस्रो लिङ्गी आरोही छन् । सगरमाथाबाट मात्र यो सिजनमा ४९ करोड ६१ लाख ३१ हजार ७८७ रुपियाँ राजस्व सङ्कलन भएको विभागको तथ्याङ्क छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!