अजय मण्डल
देवानगञ्ज, १८ जेठ । सुनसरीको देवानगंज गाउँपालिका वडा नं – ३ ले किसानहरुलाई निःशुल्क धानको बिउ वितरण गरेको छ । सोमबार उक्त वडाले किसानहरुलाई निःशुल्क धानको बिऊ वितरण गरेको थियो ।
वडा नं ३ का अध्यक्ष अनिलकुमार भगतका अनुसार किसानको जग्गाको आधारमा वडाले बिउ वितरण गरेको हो । कोरोना महामारीलाई मध्य नजर गर्दै, वडाले भोतिक दूरी कायम गरेर बिउ वितरण गरिएको वडाध्यक्ष भगतले जनाए । उनका अनुसार धेरै जसो किसानहरुले राधा १२ धानको बिउ लिएका छन् । यस्तै किसानले कान्छी धानलगायत अन्य धानको बिउ पनि लिएका थिए ।

वडाबाट निःशुल्क बिउ पाएपछि किसान खुसी बनेका छन् । किसान विद्यानन्द मेहताले भने, ‘यो निषेधाज्ञाको कारण ले गर्दा मसँग बिउ किन्ने पैसा थिएन । यस्ताे कठिन अवस्थामा हामीलाई बिऊ उपलब्ध गराइदिएर वडाले राम्रो काम गरेकाे छ ।




