२०८२ कार्तिक ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, १९ जेठ । विराटनगरस्थित विराट मेडिकल शिक्षण अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा बुधबार बिहानै तीन सङ्क्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा दुई पुरुष र एक महिला सङ्क्रमितको मृत्यु भएको अस्पतालका संयोजक सुनिल देवले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा सुनसरी इटहरीका दुई जना र मोरङ विराटनगरका एक जना रहेका छन् ।

इटहरी उपमहानगरपालिका–७ काका ७१ वर्षीय पुरुषको आज बिहान ८ः३० बजे मृत्यु भएको हो । कोरोना सङ्क्रमण पुष्टि भएपछि उनी सोमबार बिहान अस्पताल भर्ना भएका थिए । यस्तै, इटहरी–९ की ४२ वर्षीया महिलाको बिहान १ः५५ बजेतिर मृत्यु भएको संयोजक देवले जनाए । उनका अनुसार ती महिला बुधबार बिहान कोरोना सङ्क्रमण पुष्टि भइ अस्पताल भर्ना भएकी थिइन् ।

यसैगरी विराटनगर महानगरपालिका–३ का ५४ वर्षीय पुरुषको आज बिहान ६ः१० बजे मृत्यु भएको छ । उनी सङ्क्रमण पुष्टि भएपछि वैशाख १० गते विराटमा भर्ना भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!