२०८२ आश्विन १३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, १९ जेठ । ६नाै वर्षीया अशक्त बालिका बलात्कार गरेको अभियोगमा ६७ वर्षीय पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–३ सुनौलो टोल बस्ने ६७ वर्षीय भबिराज दमाई रहेका छन् ।

इटहरी उपमहानगरपालिका–३ स्थित फुपूको शरणमा बस्दै आएकी अशक्त बालिका बलात्कार गरेको आरोपमा उनलाई इलाका प्रहरी कार्यालय इटहरीको टोलीले पक्राउ गरेको हो । इटहरी प्रहरीका प्रवक्ता डिएसपी अर्जुन केसीका अनुसार इलाका बुधबार बिहान उनलाई इटहरी–३ धरधरेबाट पक्राउ गरेको हो ।

बुबाको मृत्यु भएको र आमाले पनि दोस्रो बिहे गरेका कारण फुपूको घरमा बस्दै आएकी उनीमाथि मङ्गलबार साँझतिर जबरजस्तीकरणी भएको थियो । उनी बस्दै आएको कोठामा दमाईलाई करणी गर्दैगरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयले देखेपछि उनी भाग्न सफल भएका थिए ।

तर खोजतलासीका क्रममा उनलाई बुधबार बिहान पक्राउ गरेको डिएसपी केसीले जानकारी दिए । ‘शारिरीक र मानसिक रूपमा अशक्त बालिका हिँडडुल गर्न र बोल्न सक्दिनन् । बुबाको मृत्युपछि आमाले दोस्रो बिहे गरेकी थिइन् । आमाले दोस्रो बिहे गरेपछि अलपत्र परेकी उनी फुपूको संरक्षणमा थिइन्’, डिएसपी केसीले ग्रामीण खबरसँग भने । उनका अनुसार पक्राउ परेका उनीमाथि जिल्ला अदालत सुनसरीबाट जबरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!