२०८२ कार्तिक ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २० जेठ । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले चार जना फरार प्रतिवादीलाई चार थान भरुवा बन्दुकसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा केराबारी गाउँपालिका–३ का ४४ वर्षीय डिकबहादुर राई, ३६ वर्षीय वुद्धवीर लिम्बू, १९ वर्षीय रामप्रसाद राई र लेटाङ नगरपालिका–१ का १९ वर्षीय विपन लिम्बू रहेका छन् ।

गत वैशाख ९ गते राति सिकार खेल्ने क्रममा केराबारी गाउँपालिका–३ का ३२ वर्षीय हस्तकुमार राईमाथि उनीहरूले गोली प्रहार गरेको मोरङ प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।

उनका अनुसार १० जनाको टोली बाँसघारी खोप सरकारी फर्ममा साँझतिर सिकार खेल्न गएका थिए । राति ९ बजे उनीहरूमध्येका गजेन्द्र राईले प्रहार गरेको भरुवा बन्दुकको गोली हस्तबहादुर राईको दाहिने कुममा लागेको थियो । गोली लागेर मृत अवस्थामा फेला परेको जानकारी पाएपछि प्रहरी टोलीले भरुवा बन्दुक थान–१ बरामद गरेको थियो ।

यस्तै, वैशाख ९ गते दिउँसो तीन बजे रुबिन लिम्बू र गजेन्द्रबहादुर राईलाई घरबाटै पक्राउ गरी ज्यानसम्बन्धी र हातहतियार खरखजना कसूरमा अनुसन्धान थालिएको थियो । अनुसन्धानका क्रममा बुधबार प्रहरीले उक्त घटनामा फरार रहेका अभियक्तहरू डिकबहादुर, बुद्धवीर, रामप्रसाद र विपनलाई पक्राउ गरेको हो ।

त्यसपछि बयानका क्रममा उनीहरू केराबारी–३ स्थित बाँसघारी खोप सरकारी राष्ट्रिय वनमा ढलेको सखुवाको रूखको चेपमा माटो तथा पातहरूले बन्दुक राखेको बयान गरेको थियो ।

प्रहरीले छोपी लुकाई राखेको भरुवा बन्दुक २ थान, ढुङ्गामाथि पातहरुले छोपी लुकाई राखेको भरुवा वन्दुक १ थान र लेटाङ नगरपालिका–१ स्थित जङ्गलको ठूलो ढुङ्गाको ओडारमा लुकाई राखेको भरुवा बन्दुक १ थान फेला पारेको डिएसपी राईले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!