तनहुँ, २१ जेठ । तनहुँमा उत्पादित कटहर राजधानीको भान्सामा पुग्ने गरेको छ । अन्य सहरमा भन्दा माग बढी र मूल्यपनि धेरै पाईने भएकोले राजधानी काठमाडौंमा पुग्ने गरेको हो । ‘‘राजधानीमा कटहरका पारखी धेरै छन् बढी मूल्यमा विक्री गर्न पाइन्छ’’ देवघाट गाउँपालिका– ५ निवासी कटहरका ठेकेदार सोमबहादुर गुरुङले बताए । कालीमाटी थोक बजारमा विक्री गर्न भन्दा घरघरै विक्री गर्दा फाईदा धेरै हुने अधिकांश खुद्रा विक्री गर्ने गरेका उनले बताए ।
कटहरको तरकारी धेरै भान्साको रोजाई हुने भएकोले बिक्रीको लागि समस्या नभएको गुरुङले जानकारी दिए । सोही ठाउँका ठेकेदार गुन्जबहादुर गुरुङले कटहरका बोटहरु ठेक्कामा लिइ टिपेर काठमाडौंमा बिक्री गर्ने गरेको जानकारी दिए ।
वर्ष देवघाट गाउँपालिका क्षेत्रबाट मात्रै तीन लाख रुपियाँको कटहर बेचिसकेको गुरुङ बताउँछन् । ६ ट्रक कटहर लगिसकियो अरु तीन ट्रक लान बाँकी रहेको उनी बताउँछन् । स्थानीरुसँग कटहरका बोटहरु ठेक्कामा लिइ बिक्री गर्दै आएको ठेकेदारले बताएका छन् ।
देवघाट, आँबुखैरेनी र बन्दीपुर गाउपालिकाका गरी तीन हजार बोट ठेक्कामा लिएको गुरुङले जानकारी दिए । थोकमा ३० रुपियाँ प्रतिकिलो र खुद्रामा ५० रुपियाँ प्रतिकिलोमा बेच्ने गरेको उनले बताए ।
काँचो अवस्थामा रुख कटहर नेपाली भान्साहरुमा तरकारीको रुपमा खाने गरिन्छ । रुख कटहरको तरकारी मासुको जस्तै स्वादिलो हुने र पोष्टिकता पनि धेरै हुने गरेकोले गृहिणीहरुको रोजाईमा पर्ने गरेको व्यापारीको बताउँछन् ।




