२०८३ बैशाख ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले यो सिजनका लागि मलको अभाव नरहेको बताएकी छन् । केही दिनयता सरकारले किसानलाई मल दिन नसकेको जस्ता समाचारहरू सञ्चार माध्यममा आएपछि कृषि मन्त्री अर्यालले आज (शुक्रवार) कृषि सामग्री कम्पनी लिमिटेडको मल खाद्य गोदामको अनुगमन र निरीक्षण गरेकी थिइन् ।

कम्पनीमा मौज्दात रहेको मलको निरीक्षणपश्चात् आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री अर्यालले यो सिजनका लागि मलको कुनै समस्या नभएको बताइन् । तर कोभिड-१९ का दोस्रो लहरको प्रकोपका कारण भएको निषेधाज्ञाले केही जिल्लाहरूमा मलको ढुवानीमा समस्या देखिएको भए पनि गुनासो आउने बित्तिकै त्यसको समाधान गरिएको मन्त्री अर्यालले बताइन् ।

‘यो सिजनको बाली लगाउने प्रयोजनका निम्ति साउनसम्म हामीसँग मल स्टक छ । अहिलेसम्मको तथ्यले र प्रमाणले खेती बाली लगानसम्मका लागि कुनै समस्या छैन’, मन्त्री अर्यालले भनिन्, ‘मलको वितरणमा समस्या नहोस् भनेर हामीले विशेष ध्यान दिइरहेका छौँ ।’

‘कोभिडका कारण वितरणमा केही ठाउँमा समस्या देखिएको भन्ने कुरा आयो । त्यसलाई तत्काल समाधान गर्ने गरी हामी अगाडि बढिसक्यौँ अहिले त्यो समस्या पनि समाधान भइसक्यो’, उनले भनिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!