२०८२ कार्तिक ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २२ जेठ । मोटरसाइकल चोरीमा संलग्न सात जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरी १३ का २८ वर्षीय राजेश मेहता, इटहरी २० का ३८ वर्षीय बलराम गुरूङ, इटहरी २ का ३९ वर्षीय सुवास लिम्बू, इटहरी ३ का ३० वर्षीय मचिन राई, इटहरी ४ का २१ वर्षीय गोलमोल राई, १९ वर्षीय रोमन परियार र २१ वर्षीय मनोज परियार रहेका छन् ।

गत जेष्ठ १२ गते राति मोरङको सुन्दरहरैँचा ४ बस्ने मदनकुमार चौधरीको नाममा रहेको प्र-१-०५-००१ प-००६१ नम्बरको रातो कलरको २०० सिसिको एनएस मोटरसाइकल घरबाटै चोरी भएको थियो ।

चोरीको सूचना पाएपछि इलाका प्रहरी कार्यालय बेलबारीको प्रहरी टोलीले सुक्ष्म रूपमा अनुसन्धान तथा खोजतलास थालेको थियो । खोजतालसको क्रममा प्रहरीले गत जेष्ठ २१ गते चोरी भएको मोटरसाइकल राजेश मेहताको घरबाट फेला पारेको थियो ।

मेहता पक्राउ परे पश्चात चोरीमा संलग्न बाँकी ६ जना आ-आफ्नै घरबाट प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!