विराटनगर, २२ जेठ । विराटनगरस्थित विराट मेडिकल शिक्षण अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा शनिबार तीन सङ्क्रमितको मृत्यु भएको छ ।
आज २ जना महिला र एक पुरुष सङ्क्रमितको मृत्यु भएको अस्पतालका फोकल पर्सन सुनिल देवले जानकारी दिए । उनका अनुसार विराटनगरका तीन संक्रमितको मृत्यु भएको हो ।
विराटनगर-५ कि ३५ वर्षीया महिलाको आज बिहान ११:५५ बजेतिर मृत्यु भएको हो । उनी जेठ १३ गते कोरोना पुष्टि भइ अस्पताल भर्ना भएकी थिइन् । यस्तै, विराटनगर-४ कि ५१ वर्षीया महिलाको बेलुकी ६ः४५ बजे मृत्यु भएकाे हो । उनी जेठ ८ गते अस्पताल भर्ना भएकी थिइन् ।
यस्तै, विराटनगर-५ का ६५ वर्षीय पुरुषको दिउँसाे २ बजे मृत्यु भएको संयाेजक देवले जानकारी दिए । उनका अनुसार उनी जेठ १५ गते अस्पताल भर्ना भएका थिए ।




