काठमाडौं, २३ जेठ । नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले शनिबार राति १२ बजेबाट लागु हुने गरी डिजल, पेट्रोल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँले वृद्धि गरिएको जनाएको छ ।
मूल्य वृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२५, डिजल तथा मट्टीतेलको १०८ र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुगेको निगमले जनाएको छ । निगमले गत जेठ दुई गते पनि मूल्य वृद्धि गरेको थियो । एलपी ग्यासमा भने मूल्यवृद्धि गरिएको छैन ।
निगमले शनिबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘निगमलाई पछिल्लो पटक १६ मे २०२१ मा प्राप्त खरिद मूल्यको आधारमा मिति २०७८/०२/०२ मा काठमाण्डौ उपत्यकाको लागि पेट्रोल, डिजल/मट्टितेल तथा हवाई ईन्धन (आन्तरिक को साबिकको बिकि मूल्यमा रू २१०० ले वृद्धि गरी कमशः रू. १२३ । ००. रू. १०६।०० तथा रू. ७८।०० प्रति लिटर कायम गरेको थियो । उक्त मूल्य समायोजन पश्चात् समान्य बिक्रिको अबस्थामा निगमलाई १५ दिनमा मात्रै करिब रू. १ अर्व १० करोड घाटा हुने अवस्था थियो ।’
‘जेठ १८, २०७८ (१ जुन २०२१) मा पेट्रोलियम पदार्थको अन्तराष्ट्रिय बजार मूल्य अनुसार प्राप्त नयाँ मूल्यअनुसार निषेधाज्ञाको समयमा भएको विक्री परिमाणलाई हिसाव गर्दा १५ दिनमा मात्रै निगमलाई करीब रू. ७१ करोड घाटा हुने अवस्था देखिन्छ, भने अन्य सामान्य अवस्थाको विक्री अनुसार हिसाव गर्ने हो भने निगमलाई करिब ९३ करोड घाटा हुने देखिन्छ,’विज्ञप्तिमा भनिएको छ, ‘ निरन्तर बढीरहेको कच्चा तेलको मूल्य एवं अमेरिकी डलरको तुलनामा नेपाली रूपैयाको अवमूल्यन हुने क्रम जारी रहने हो भने निगमले आगामी दिनमा पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिरहनु पर्ने वाध्यता आउन सक्ने देखिन्छ । तसर्थ, स्वचालिक मूल्य प्रणाली कार्यान्वयन कार्यविधिले निर्दिष्ठ गरे अनुसार मिति २०७४।०२।२२ को राति १२:०० बजे देखि लागू हुने गरी पेट्रोल, डिजल/मट्टितेल तथा हवाई ईन्धन (आन्तरिक उडान)को साबिकको बिकि मूल्यमा रू. २१०० ले वृद्धि गरी काठमाण्डौ (निगमको डिपो क्षेत्रको १५ कि.मि. परिसर भिव) को लागि पेट्रोल, डिजल/मट्टितेल तथा हवाई ईन्धन (आन्तरिक उडानको नयाँ खुद्रा विक्रि मूल्य क्रमशः रू. १२५ १००, रू. १०८1०० तथा रू. ८०100 प्रति लिटर कायम गर्ने निर्णय गरिएको छ ।’
यस मूल्य समायोजन पश्चात् पनि निगमलाई पेट्रोलमा प्रति लिटर रू. ५१३२. डिजलमा प्रति लिटर रू. ३११७ तथा एल.पि.ग्यासमा प्रति सिलिण्डर रू. २५८।४६ घाटा नै रहेको निगमले जनाएको छ ।
‘हाल निषेधाज्ञा समयको बिकि परिमाण अनुसार हिसाब गर्दा १५ दिनमा करिब रू. ५९।२८ करोड घाटा हुने देखिन्छ, जस मध्ये एल.पि.ग्याँस तथा डिजलको कारोबारबाट मात्र कमशः रू ३८ करोड तथा रू.१८ करोड घाटा हुने अवस्था छ । सो घाटा रकम मूल्य स्थिरिकरण कोष तथा निगमको संचित नाफाबाट व्यवस्थापन गरिनेछ । हालको मूल्य समायोजन पश्चात् पनि भारतिय सिमाको रक्सौलसँग जोडिएको नेपालको विरगंज क्षेत्रमा पेट्रोल प्रति लिटर रू. ३३१९९ र डिजल प्रति लिटर रू. ४१ । २५ ले नेपाल तर्फ सस्तो रहेको छ’, विज्ञप्तिमा लेखिएको छ ।





