२०८२ कार्तिक ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २३ जेठ । एक मजदुरको मृत्यु र अर्का एक गम्भीर घाइते हुनेगरी भएको दुर्घटनामा प्रदेश १ की प्रदेशसभा सदस्य बिन्दिया कार्कीका छोरा रोबिन सिंह कार्की पक्राउ परेका छन् ।

गत बिहीबार १९ः३५ बजे विराटनगर महानगरपालिका वडा नं.–४ स्थित एयरपोर्ट सडक खण्डको नहर चोकमा उनले चलाएको कारको ठक्करबाट एक जनाको ज्यान गएको थियो भने अर्का एक गम्भीर घाइते बनेका थिए ।

विराटनगर–५ बरगाछी घर भएका २४ वर्षीय रोबिनले पूर्वबाट पश्चिमतर्फ चलाई ल्याएको प्र.३–०१–०२२ च २१३९ नम्बरको कारले विराटनगर–४ मा रहेको न्यू एभरेष्ट फर्निचर उद्योगमा काम गर्ने मजदुरहरूलाई ठक्कर दिएको थियो ।

ठक्करबाट कटहरी गाउँपालिका–२ बस्ने २७ वर्षीय रामकुमार राजवंशी र भारत कटियार घर भई सोही उद्योगमा काम गर्ने ३५ वर्षीय मुकेश शर्मा दास घाइते भएका थिए । दुवै जना घाइते भई उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाएकोमा मुकेशको उपचारको क्रममा मृत्यु भएको थियो । यस्तै, उनकै साथी रामकुमार भने नोबेलमै उपचाररत छन् ।

दुर्घटनापछि रोबिन भने फरार रहेका थिए । फरार रोबिनलाई आज ४ बजे विराटनगर–२ भट्टा चौकबाट पक्राउ गरिएको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!