२०८२ कार्तिक ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २३ जेठ ।  मोरङमा जेठ मसान्तसम्म निषेधाज्ञा थपिएको छ । जिल्लामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्नेक्रम यथावतै रहेकाले जिल्ला प्रशासन कार्यालय मोरङले जेठ २४ गते राति १२ बजेदेखि लागू हुनेगरी ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा थपेको हो ।

प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला मोरङमा कोरोना सङ्क्रमणको दोस्रो लहरको नयाँ कोभिड भेरियन्ट दैनिक रूपमा बढिरहेका कारण निषेधाज्ञा लम्ब्याइएको हो । ‘विराटनगर महानगरपालिकालगायत जिल्लाका सबै पालिकाहरूमा यसको सघन विस्तार भएपनि कोभिडका कारण नागरिकको दैनिक मृत्युसमेत भइरहेको छ’, उनले जारी गरेको आदेशमा भनिएको छ, ‘यसर्थ तीव्र रूपमा फैलिरहेको कोभिड सक्रमणको रोकथाम र नियन्त्रण गरी नागरिकको जीवन रक्षाका लागि निषेधाज्ञा जारी गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!