
काठमाडौं, २३ जेठ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले केपी ओली सरकारमा सहभागी भएको महन्थ ठाकुर समूहका चार जना मन्त्रीलाई बर्खास्त गरेका छन् ।राउतले आइतबार साँझ जितेन्द्र सोनल, डिम्पल झा, अभिराम शर्मा र सुरेश मण्डललाई बर्खास्त गरेका हुन् ।
कार्यसम्पादन राम्रो नरहेको भन्दै मुख्यमन्त्रीले मन्त्रीहरुलाई बर्खास्त गरेको बताइएको छ । जसपाको महन्थ-राजेन्द्र पक्ष ओली सरकारमा सहभागी भएको छ भने उपेन्द्र- बाबुराम पक्ष ओली सरकार फाल्न लागिपरेको छ ।