२०७८ असार ८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

देवानगञ्ज, २४ जेठ । सुनसरीको देवानगञ्ज गाउँपालिका साहेबगञ्जबाट स्रोत नखुलेको १४ लाख रकमसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विनोदकुमार साह र रोशन साह रहेका छन् ।

मोटरसाइकलमा विराटनगरतर्फ जाँदै गरेका उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल ४ नम्बर गण सुनसरीका प्रमुख एसपी माधवप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार साहेबगञ्ज बिओपीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

साहेबगञ्जबाट प्र ०१–०२०४० प ५४९९ नम्बरको मोटरसाइकलमा विराटनगरतर्फ जाँदै गरेका उनीहरुलाइ चेकजाँच गर्नेक्रममा सो रकम फेला परेको हो । पक्राउ परेकाहरुको साथबाट विभिन्न बैंकको खाली भौचरसमेत फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

उनीहरु हुण्डी कारोवारी रहेको हुन सक्ने प्रहरीको आंशका छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!