२०७८ असार ८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २६ जेठ । प्रहरीले मोरङबाट हतियारसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले बेलबारी नगरपालिका र केराबारी गाउँपालिकाबाट एक-एक जनालाई पक्राउ गरेको हो ।

मङ्गलबार साँझ केराबारी–९ देवीझोडाबाट प्रहरीले सोही स्थानका ५१ वर्षीय गणेशकुमार लिम्बू र बेलबारी नगरपालिका–२ लालभित्तिका ४१ वर्षीय पदमकुमार लिम्बूलाई पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा हिजो साँझ ५ः३० बजेतिर गणेश लिम्बूको घरमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले खानतलासी गरेको थियो । सोक्रममा भान्सा कोठाबाट कटुवा पेस्तोल थान–१, ३०३ राईफलको गोली थान–५, गोली लोड गर्ने चाचर थान–२, पेस्तोलको गोली थान–१ फेला परेको थियो ।

यस्तै, बेलबारीका पदमकुमार लिम्बूको घरको आँगनमा पार्क गरेको को १ च ८३६८ नं को कारमा खुकुरी थान–१, चक्कु थान–१ समेत फेला परेको थियो । हातहतियारसहित पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय बेलबारीबाट हातहतियार तथा खरखजना कसुरमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!