काठमाडौं, २६ जेठ । अमेरिकाले नेपाललाई खोप उपलव्ध गराउने विवरण केही दिनमा सार्वजनिक गर्ने भएको छ । अमेरिका मेरिल्याण्ड राज्यका विधान सभा सदस्य ह्यारी भण्डारीले कार्डेनको कार्यालयले आज औपचारिक रुपमा दिएको जानकारी अनुसार नेपालले प्राप्त गर्ने खोप सम्वन्धि विस्तृत विवरण केही दिनमा नै आउने जानकारी दिए ।
उनले आफनो आधिकारीक सामाजिक सञ्जाल फेसबुकमार्फत भने, ‘नेपाल लक्षित भएर अमेरिकी सरकार, वाईडेन प्रशासनसम्म पहुँच स्थापित गर्नको लागि संघीय सरकारका सिनटेरहरु क्रिश भ्यान होलान र वेड कार्डेन क्रिस मर्फेलगायतका निर्वाचित जनप्रतिनिधीहरुको अतुलनीय योगदान रहेको छ ।’
अमेरिकी सिनेटामा रहेको स्टेट डिपार्टमेन्ट,युएसएआईडि व्यवस्थापन, अन्र्तराष्ट्रिय सञ्चालन र द्धिपक्षीय अन्र्तराष्ट्रिय विकास समितिका चेयरसमेत रहेका वेन कार्डेनले स्वास्थ्य तथा मानव संशाधन मन्त्रालयवाट आवश्यक विवरणको लागि मेरो कार्यालयको अनुरोधमा पत्राचार गरेका थिए ।
नेपाललाई कोरोना भाईरस विरुद्धको खोप अहिले सर्वाधिक प्राथमिकताको विषय रहेको ह्यारीले बताएका छन् । नेपाल लगायत एसियाका मुलुकहरुलाई अमेरिकाले करिब ७० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरिसकेको छ ।
खोप उपलव्ध गराउन विभिन्न प्रयासहरु भएका थिए । यसै गरि राष्ट्रपति बिद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई खोप उपलब्ध गराईदिन पत्र लेखेकी थिइन् ।




