२०७८ असार ८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, जेठ २७ गते । बेलवारी नगरपालिका वडा नं. ५ कसेनीको बक्राह खोलामा साईनफन बनेपछि सातवटाशा शाखाका किसानहरु हर्षित भएका छन् ।
साईफन निर्माणको कार्य सम्पन्न भएपछि कोशी नदीको पानी नहर भएर लोहन्द्रा खोला पूर्व रहेको सातवटा शाखाहरुको किसानहरुले सिचाईको पानी पाउन थालेपछि सो निर्माण कार्यलाई जिल्ला प्रशासन कार्यालय मोरंगका प्रमुख जिल्ला अधिकार कोषहरि निरौलाले सहितको टोलीले निरक्षण गरेका छन् ।

सो अवसरमा निरौलाले स्थालगत निरीक्षण गर्दै ठेक्का अवधि भन्दा पहिले नै ठेक्कादार कम्पनीले साईफन निर्माण गरी दिएकोले सुनसरी मोरंग सिचाई आयोजनाले किसानहरुलाई सिचाईको लागि पानी दिन सफल भएकोले दुवैलाई धन्यवाद दिदै नदीको पुल निर्माण कार्य पनि समयमै सम्पन्न गर्ने निर्देशन समेत दिएको छ ।

साईफन निर्माण कार्य समयमै सम्मपन्न गरी पाँच वर्ष देखि अवरोध रहेको सिचाईको पानी पाएपछि स्थानीयहरुले सुनसरी मोरंग सिचाई योजनाका प्रमुख भिलानन्द यादव, इन्जिनियर प्रेमचन्द झा, नित्यानन्द झा आधा दर्जन इन्जिनियर र आषिश स्वामी नरायण आशिर्वाद कन्ट्र्याक्टर संतोष बस्नेत लगायतलाइ फूलमाला लगाएर स्वागत गरेका थिए ।

सुनसरी मोरंग सिचाई आयोजनाका प्रमुख भिलानन्द यादवका अनुसार आषिश स्वामी नरायण आशिर्वाद जेभी कन्ट्र्याक्टरसंग २०७६ साल फागुन ३० गते लोहन्द्रा खोलाको पुल र नहरको पानीकोलागि नदीमा साईफन बनाउन २०८० भाद्र ३० गते सम्पन्न गर्ने सम्झौता भएपनि सो अगावै किसानहरुको मार्का बुझेर साइफनको निर्माण कार्य सम्पनन गरी सातवटा शाखाका किसानहरुलाई सिचाईकोलागि पानी संचालन गरेको वताए । २०७२-०७३ को वाढीले साईफन बगाएपछि पाँचवर्ष देखि किसानहरु सिचाईवाट वन्चित रहेको थियो ।

साईफनको लम्वाई २ सय २७ मिटर, चौलाई २.५ मिटर रहेको छ । त्यसैगरी लोहन्द्रा खोलामा बनिरहेका पुलको लम्बाई १५४.८५ मिटर र चौडाई १०.८५ मिटर रहेको छ । पुलको निर्माण कार्य समय भन्दा पहिले नै सम्पन्न गर्ने प्रतिवद्धता ठेक्कदार कम्पनी तर्फका इन्जिनियर शिवनारायण यादवले जानकारी दिए ।

बेलवारी नगरपालिका वडा नं. ५ कसेनीको बक्राह खोलाको पुल र नहरको साईफन २०७२-०७३ सालको बाढीले बगाएपछि खोला पुर्वका बरियाती शाखा, नयाँपट्टी शाखा, आमझोडा शाखा, रंजनी माईनर शाखा, किसान माईनर शाखा, झमनपुर शाखा र हरकपुर माईनर शाखाका १३ हजार हेक्टर जमीनमा ५ बर्ष देखि सिचाई अवरोध भई किसानहरु मार्कामा परेका थिए । सुनसरी मोरंग सिचाई आयोजनाले कुल ६८ हजार हेक्टर जमीनमा सिचाई गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!