२०८२ कार्तिक ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

धनकुटा, २९ जेठ । धनकुटा जिल्लामा बिहीबार र शुक्रबार गरेर १२ सय ४७ जनाले कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लगाएका छन् । जिल्ला स्वास्थ्य प्रमुख तुलसीप्रसाद गुरागाईँका अनुसार बिहीबार ४७० तथा शुक्रबार ७७७ जना गरी जिल्लाभर १२ सय ४७ जनाले खोप लगाएका हुन् ।

आज महालक्ष्मी नगरपालिकामा १५५, पाख्रिबास नगरपालिकामा ३२, छथरजोरपाटी गाउँपालिकामा १५४, सहिदभूमि गाउँपालिकामा ७१, सागुरीगढी गाउँपालिकामा ११७, धनकुटा नगरपालिकामा २२६ जनाले खोप लगाएको उनले बताए ।

३२ देखि ६४ वर्ष उमेर समूहका नागरिकले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ । धनकुटामा अहिलेसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ८ सय ४२ पुगेको छ भने ४ सय ५९ जना सक्रिय संक्रमित रहेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!