उदयपुर । बोलेरो दुर्घटनामा परी उदयपुरमा एकजनाले ज्यान गुमाएका छन् । जिल्लाको ताप्ली गाउँपालिका वडा नम्बर ४ पोखरीमा बा. १८ च १५६७ नम्बरको बोलेरो दुर्घटना हुँदा ६० वर्षीय बृद्ध इन्द्रबहादुर बिकको मृत्यु भएको हो ।
मृत्यु हुने बृद्ध सिन्धुलीको दूँधौली नगरपालिका १० का स्थानीय हुन् । घटनामा अन्य तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता बेदप्रसाद गौतमले जानकारी गराए । प्रवक्ता गौतमका अनुसार बृद्धको घटनास्थलमै ज्यान गएको थियो ।
शनिबार बेलुका साढे ७ः०० बजे सिराहको लहानदेखि आउदै गरेको बोलेरो दुर्घटनामा उदयपुर कटारी नगरपालिका १० का बोलेरो चालक ३५ वर्षीय डाँकनारायण श्रेष्ठ, ताप्ली गाउँपालिका ४ ठानागाउँ ज्यामिरेका ३० वर्षीय झगरबहादुर सार्की र २६ वर्षका डम्बरबहादुर तामाङ गरी तीन जना घाइते भएका छन् ।
उनीहरुमध्ये घाइते चालकको अवस्था चिन्ताजनक छ । टाउँको र खुट्टामा गहिरो चोट लागेका चालक श्रेष्ठसँगै तीनै जनाको अहिले मोरङको बिराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । रातको अध्यारो समय बोलेरो स्वयं अनियन्त्रित भई पल्टीएर सडकबाट करिब २ सय मिटर तल खसेको थियो ।




