२०८३ बैशाख ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

मकवानपुर । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाका अधिकांश नागरिक व्यवसायीक कृषि पेसामा आबद्ध छन् । तरकारी र फलफूलको प्रशस्त उत्पादन हुने नागरिक गाउँपालिकाका अधिकांश नागरिक व्यावसायिक कृषिमा लागेका छन् ।

५ वटा वडा रहेको गाउँपालिकाको वडा नम्बर १, ४ र ५ मा व्यापक मात्रामा तरकारी खेती हुन्छ, भने वडा नम्बर २ र ३ मा तरकारीसङै कागती, सुन्तला जस्ता फलफूलको खेती हुने गर्दछ । गाउँपालिकाका अध्यक्ष जीवन लामाका अनुसार वडा नम्बर १, ४ र ५ मा का ९९ प्रतिशत नागरिक व्यवसायीक तरकारी खेतीमा लागेका छन्, भने वडा नम्बर २ र ३ का कृषकहरू व्यवसायीक तरकारीसँगै फलफूल खेतीमा लागेका छन् ।

उनले एक सिजनमा एउटै गाउँबाट करिब एक करोडसम्मको तरकारी निर्यात हुने गरेको बताए । स्थानीय सरकार आएपछि अझै उनीहरूमा कृषि पेसा प्रति आकर्षण बढेको पाइएको उनले बताए ।

पहिले आफूले उत्पादन गरेको तरकारी र फलफूल बजारसम्म पुर्याउन समस्या हुने गरेका किसान अहिले व्यवसायीक खेतीमा सरकारबाट अनुदान पाउँदा र गाउँपालिकाले उत्पादनलाई बजारसम्म पुर्याउन सडक पूर्वाधार निर्माण गरिदिएपछि झन् उत्साहित भएका छन् । पहिले गाउँमा बस्न नरुचाउने नागरिक अहिले गाउँमै व्यवसायीक कृषिमा लागेर मनग्य आम्दानी गर्न सफल भएका छन् ।

गाउँमा कृषिको आकर्षण बडेसँगै गाउँपालिकाले पनि विभिन्न अनुदानको व्यवस्था गर्नुका साथै गाउँपालिकाकै लगानीमा कृषि प्राविधिक विद्यालय समेत सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष लामाले बताए । यसले नागरिकमा उत्साह बढेको र अहिले गाउँ/गाउँमा घर भन्दा बढी टनेल देख्न सकिने समेत उनले बताए ।

स्थानीय सरकार आएपछि सबै ठाउँ सडक पुर्वाधारसंग जोडिएपछि कृषकको उत्पादनले बजार पाउन सकेको र आम्दानी समेत बढेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!