२०८३ बैशाख ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

पाँचथर । मकै गोडेर दोहोर्याउने बेलामा रसायनिक मल युरिया नपाउँदा पाँचथरका किसान चिन्तित बनेका छ्न् । आवश्यकता भन्दा थोरै परिमाणमा मात्र युरिया मल आएका कारण किसानलाई मलको अभाव भएको हो ।

जिल्लाको मागको तुलनामा करिव ४० प्रतिशत मात्र मल आएका कारण किसानले मल पाउन सकेका छैनन् । फौजी किराको प्रकोपले मकैबाली नष्ट हुँदा समस्यामा परेका किसान मल नपाउँदा थप चिन्तामा परेका हुन् । ‘मकै दोहोराउने बेला भयो जिल्लाका मल बिक्रेता एग्रोभेटमा कल गर्दा मल छैन भन्ने कुरा आउँछ’ किसान राम नेपाली भन्छ्न ‘धानमासमेत रसायनिक मल लगाउन पाइएन मकैमा पनि उपलब्ध नभए घर चलाउन सक्ने स्थिति हुँदैन ।’

लामो समयको बन्दाबन्दीको कारण युरिया मल नपाउदा धानबाली समेत गोडेर मल लाउन नपाएको गुनासो गर्छन् मिक्लाजुङ गाउँपालिका किसान हर्कबहादुर फागो । फागो भन्छ्न ‘धानमा पनि मल लाउन नपाएर किराको आहारा बनेको छ, मकैमा पनि बन्दका कारण मल पाउँने छाँट छैन भोकमरी लाग्ने चिन्ता लागेर आउँछ ।’

जिल्लाका करिब ६० प्रतिशत किसानले चैते धानमासमेत रसायनिक मल लाउन नपाएको गुनासो छ । जिेल्लाको प्रमुख खाद्यान्न बाली रहेको धानमा अधिकांश किसानले रसायनिक मल नपाउँदा उत्पादनमा ज्यादै गिरावट आउने आंकलन गर्छन् फिदिममा नगरपालिकाका पुराना किसान प्रजापति लुइँटेल ।

उता याङ्वरक गाउँपलिकाका किसान रमेश घिमिरेका अनुसार रासायनिक मल लगाउने बानी भएको बारीमा प्रत्येक वर्ष मल नलगाए उत्पादनमा आाधाले गिरावट आउने गरेको अनुभव सुनाउँछ्न् । रसायनिक मल बिक्रीका लागी हाल फिदिममा तीन वटा एग्रोभेटले अनुमति पाएका छ्न् । ती एग्रोभेटहरुमा जिल्लाका किसानलाई आवश्यकता अनुसार थेग्न नसक्ने गरि रासायनिक मल आउने गरेको एग्रोभेट संचालकहरु सुनाउँछन् ।

फिदिममा रहेको मिश्र साझा एग्रोभेटका संचालक मन्दिरा रेग्मी भन्छिन् ‘एक हजार किसानको माग प्रतिवेदन पठाउँदा ५० देखि ६० बोरा मात्र मल आउछ त्यो झर्न नपाउँदै किसानले हतारहतार लानु हुन्छ, एकातिर सङ्क्रमणको दर अर्कोतिर किसानको माग पूरा गर्ने नसकेर हामी पनि अन्योलमा परेका छौं ।’ उनका अनुसार माहामारीका कारण किसानहरु मर्कामा परेको र गत वर्षको तुलनामा यस पटक ४० प्रतिशत मात्र मल आएको छ ।

उता अपिल एग्रोभेट फिदिममाका वैशाखबाट रसायनिक मल नल्याएको सुनाउछ्न् । संचालक राजेन्द्र ढकाल भन्छ्न ‘मलको सिजनमा ७ हजार बोरासम्म किसानले लाने गरेका थिए, अहिले किसानको नागरिकताको प्रामाणपत्र पठाउँदासम्म पनि एक पटकमा साल्कटेडिङ बाट ४० देखि ५० बोरासम्म मात्र मल पाइने गरेको छ त्यो कुन किसानलाई दिन कुनलाई नदिनु । उहाँहरुको माग बोराबोरै हुन्छ । त्यस कारण भिडभाड र आवश्यकताले धान्न नसक्के भएर बैशाख बाट मल ल्याउन सकेको छैन’ उनी थप्छ्न ‘प्रकोपका कारण किसानको बिक्रि प्रतिवेदन पठाउन समेत असम्भव हुने रहेछ ।’

यसरी जिल्लामा पर्याप्त मन नआएपछि पहुँच वाला अन्य खुद्रा पसलहरुले तराईका जिल्लाबाट रासायनिक मल ल्याएर चर्को मुल्यमा बिक्री गरिरहेको गुनासो किसानहरुले गरेका छन् ।-हाम्रोमतबाट

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!