२०८२ कार्तिक ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

इटहरी, ३० जेठ । सुनसरीको इटहरी उपमहानगरपालिकामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । इटहरी-४ बगैँचा टोलबाट प्रहरीले सोही ठाउँमा डेरा गरी बस्ने न्याधिस राईलाइ पक्राउ गरेको हो ।  इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायबउपरीक्षक (डीएसपी) अर्जुन केसीका अनुसार पोस्टमार्टम रिपोर्टका आधारमा उनलाइ पक्राउ गरिएको हो ।

जेठ २७ गते सुतेकै ठाउँमा मृत भेटिएकी ३५ वर्षीया सुनिता राईको मृत्यु शंकास्पद देखिएपछि प्रहरीले शुक्रबार अभियुक्त न्याधिसलाई नियन्त्रणमा लिएको डीएसपी केसीले जानकारी दिए ।

अत्याधिक मदिरा सेवन गरी सुतेकी महिलाको मदिरा सेवनकै कारण ज्यान गएको अनुमान गरिपनि पोस्टमार्टम रिपोर्टमा टाउको गम्भीर चोट देखिएपछि अभियुक्त न्याधिसलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । डिएसपी केसीका अनुसार अभियुक्त न्याधिसमाथि सुनसरी जिल्ला अदालतबाट कर्तव्य ज्यान उद्योग मुद्दामा म्याद थप गराई अनुसन्धान सुरु गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!