२०८२ आश्विन ५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

फुङ्लिङ, ३० जेठ । पाथीभरा याङवरक गाउँपालिकाले महिलालाई बाख्राको पाठी उपहार दिन शुरुआत गरेको छ । महिलाको आयआर्जनमा विकास गर्नका लागि गाउँपालिकाले सो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । महिला लक्षित आयआर्जन तथा सीप विकास कार्यक्रममार्फत गाउँपालिकाभित्रका लक्षित महिललाई बाख्राको पाठी उपलब्ध गराएको गाउँपालिकाका पशु शाखा कार्यालय प्रमुख भीमलाल बयलकोटीले जानकारी दिए ।

विपन्न तथा लक्षित समुदायको आयआर्जन विकास गर्नका लागि गाउँपालिकाले छनोट गरेको महिलालाई पाठी उपलब्ध गराउने उनले बताए । गाउँपालिको प्रत्येक वडामा दशजना विपन्न महिलालाई पाठी खरीद गर्नका लागि छ हजारका दरले ६० हजार र प्रत्येक वडामा बीउ बोका खरीद गर्न लागि रु १५ हजार पशु शाखा कार्यालयको कार्यक्रममार्फत पाठी उपलब्ध गएको पशु शाखाले जनाएको छ । गाउँपालिकामा आठ वडा रहेको छ । प्रत्येक वडामा दश वडा बाठी र बीउ बोका गरी ८० बाठी र आठ बोका वितरण हुने पशु शाखाले जनाएको छ ।

महिला तथा बालबालिका शाखा र गाउँपालिकाको संयुक्त कार्यक्रमअन्तर्गत महिलालाई लक्षित गरेर आवश्यकताअनुसार समूह गठन गरेर विभिन्न आयआर्जनको विकास गर्नका लागि भिन्न कार्यक्रम सञ्चालन गर्दै आएका उपाध्यक्ष रनमाया गुरुङले बताए । महिलालाई जीविकोपार्जनसँगै व्यावसायिक बन्न प्रेरित गर्ने उद्देश्यले महिला लक्षित कार्यक्रमलाई निरन्तरता दिँदै आएको उहाँले जानकारी दिए ।

गाउँपालिकाभित्रका ३७० घरका महिलालाई पाठी उपहार उपलब्ध गराइसकेको जनाइएको छ । उनले भने, “महिलाहरुको सीप विकास र आयआर्जन विकास गर्नका लागि म निर्वाचित भएसँगै लागिपरेको छु ।”

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!