२०८० चैत्र ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ३१ जेठ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३७९ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार झापामा १४५, सुनसरीमा ९९, झापामा ९८, संखुवासभामा १२, इलाम र धनकुटामा ४–४, भोजपुरमा ३, तेह्रथुम र उदयपुरमा २–२, प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयलका झापाको भद्रपुरमा ४९, अर्जुनधारामा ४६, दमकमा ११, विर्तामोडमा ९, कचनकवल र बुद्धशान्तिमा ६–६, कमल गाउँपालिकामा ५, मेचीनगर र बाह्रदशीमा ३–३, हल्दिबारीमा २, गौरादह, शिवसताक्षी, कनकाई र झापा गाउँपालिकामा र स्थानीय तह नखुलेको स्थानमा १–१ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, सुनसरीको इनरुवामा ४३, इटहरीमा २२, धरानमा २१, दुहवी र स्थानीय तह नखुलेका ४–४, रामधुनीमा ३, बराहक्षेत्र र गढीमा १–१ संक्रमण पुष्टि हुँदा मोरङको विराटनगरमा ५६, पथरीशनिश्चरेमा १०, कटहरीमा ६, उर्लाबारीमा ५, बेलबारी र बुढीगंगामा ४–४, जहदामा ३, लेटाङ, सुन्दरहरैचा, सुनबर्षी र ग्रामथानमा २–२, केराबारी र रंगेलीमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरी संखुवासभाको चैनपुरमा १०, खाँदबारी र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिका र चुलाचुलीमा २–२, धनकुटाको धनकुटा नगरपालिकामा ३ र पाख्रिबासमा १, भोजपुरको भोजपुर नगरपालिकामा १ र स्थानीय तह नखुलेका २, तेह्रथुमको म्याङलुङ र स्थानीय तह नखुलेका १–१, उदयपुरको त्रियुगामा २ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६६ हजार ५७ पुगेको छ । संक्रमित भएका मध्ये ४९ हजार २३७ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १५ हजार ७६८ रहेको मन्त्रालयले जनाएको छ ।

आज ३५८ जना संक्रमणमुक्त भएका छन् । प्रदेश १ मा आज १ हजार ३९१ जनाको पिसिआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये १७२ महिला र २०७ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!