२०८२ कार्तिक १५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

मोरङको बेलबारी नगरपालिकाको जेठ ३१ गते बसेको ६९ औ नगर कार्यपालिकाको बैठकले बेलबारी नगरपालिका र ग्रो अर्गानिक कृषि प्रालि सखुवासभा बिच बोयर बाख्रा खरिद सम्बन्धमा २०७८ जेठ ३ गते गरेको सम्झौता खारिज गर्ने निर्णय गरेको छ ।
ग्रो अर्गानिक कृषि .प्रालिले ठेक्का बापत जम्मा गरेको जमानत रमक जफतगरी प्रालिलाई कालो सुचिमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारीस गर्ने निर्णय समेत गरेको नगरपालिकाका प्रबत्ता योगेन्द्र सुबेदीले जानकारी दिनुभयो ।
सुबेदीका अनुसार नगर कार्यापालिका सदसस्य बिन्दुकला गुरुङको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । समितिको सदस्यहरुमा राष्ट्रिय मान्यता प्राप्त राजनितिकदलको रुपमा रहेका नेकपाएमाले, नेपालिकाग्रेस,नेकपा माओवादी केन्द्र र जनता समाजबादी पाटी रहेका छन ।
ग्रो अर्गानिक कृषि प्रालि सखुवासभालाई ठेक्का बापत हाल सम्म कुनै प्रकारका रकम भुत्तानी नगरेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!