२०८२ कार्तिक १३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, १ असार । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ४६ करोड ९२ लाख बजेट प्रस्तुत गरेको छ । आठौँ तथा बजेट अधिवेशनको मङ्गलबार बसेको बैठकमा आर्थिक वर्ष २०७८÷७९ का लागि वार्षिक बजेट सार्वजनिक भएको हो ।

प्रदेश १ को बजेटमा आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्न रु.३२ अर्व ४६ करोड ९२ लाखको विनियोजन भएको छ । कुल विनियोजन मध्ये चालु तर्फ रु.१४ अर्व १६ करोड १५ लाख अर्थात ४३ दशमलव छ प्रतिशत, पूँजीगत तर्फ रु.१५ अर्व पाँच करोड ३५ लाख अर्थात ४६ दशमलव तीन प्रतिशत, स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ रु.तीन अर्व २२ करोड ४२ लाख अर्थात १० प्रतिशत तथा वित्तीय व्यवस्थातर्फ रु.तीन करोड रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!