विराटनगर, २ असार । मोरङमा दुई बालिका बलात्कार गरेको आरोपमा भारतीय नागरिक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय सिजुवाको टोलीले २० वर्षीय मोहम्मद अझरुदिनलाई पक्राउ गरेको हो ।
रतुवामाई नगरपालिका–६ कादुपाडा डेरा गरी बस्ने भारत अररिया सिक्टीग्राम बरुदा–२ घर भएका अझरुदिनलाई सात वर्षीया र चार वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
मङ्गलबार साँझ उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सिजुवाले जानकारी दिएकाे छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।




