२०८२ कार्तिक १३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

धरान, ३ असार । मोवाईलको सीमकार्ड चोरी गरेको भन्दै कुटपिट गर्दा एक गर्भवती महिलाले होस् गुमाएकी छन् । मोरङको कानेपोखरी गाउँपालिका ५ चिसाङ बस्तिकी देवीका मगर र उनकी छोरी पुष्पाले मोबाइलको सीमकाड चोरेको आरोप लगाउँदै कुटपिट गर्दा गर्भवति २५ वर्षीया ‘शोभा दर्जी’ भनिने डुक्का तामाङको मानसिक स्वास्थ्यमा समस्या आएको हो ।

यता पीडित युवतीको परिवारले भने सीम चोरेको नभई फोहोर फाल्ने ठाउँमा भेटिएको दाबी गरेको छ । कुटपिटपछि मानसिक सन्तुलन बिग्रीएको शोभालाई हाल सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मानसिक विभागमा उपचार भइरहेको छ । कुटपिटबाट घाइते युवतीलाई आर्थिक अभावका कारण केही दिन घरमै राखिएको भएपनि झन् स्वास्थ्य समस्या देखिन थालेपछि अस्पताल भर्ना गरिएको परिवारले जनाएको छ ।

शोभाको स्वास्थ जटिल बन्दै गएपछि वडाध्यक्ष कानेपोखरी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्षसँग १५ हजार सहयोग मागेर अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । १२ दिन अघि अस्पताल भर्ना गरिएको ती युवतीलाई हात र खुट्टा बाँधेर बेडमा उपचार भइरहेको तस्वीरसमेत सार्वजनिक भएको छ । घटनाबारे प्रहरीले चासो नदिएको पीडित पक्षको आरोप छ ।

पीडित गर्भवती युवतीका श्रीमान् उमेश तामाङका अनुसार शोभाको स्वास्थ्यमा हालसम्म सुधार देखिएको छैन । मजदुरी गरेको कमाएको पैसाले श्रीमतिको उपचार गर्न नपुगेको भन्दै अस्पतालमा भएको खर्चको बिल पीडकले भुक्तानी गर्नुपर्ने उमेशले माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!