२०७८ श्रावण १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सिराहा । आँपको राजधानी मानिने सिराहा र सप्तरीमा यस वर्ष आँप उत्पादन घटेको छ ।

रोग र किराको समेत प्रकोप बढेकाले आँप उत्पादन घटेको कृषि ज्ञान केन्द्र सिराहाले जनाएको छ ।

सिरामा ६ हजार हेक्टर क्षेत्रफलमा लगाइएको आँप खेतीबाट प्रतिहेक्टर ५ दशमलव ५ मेट्रिक टनका दरले यस वर्ष ३३ हजार मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र सिराहाका प्रमुख किसुनदेव यादवले जानकारी दिए ।

यस्तै सप्तरीमा ७ हजार हेक्टर क्षेत्रफलमा लगाइएको आँप खेतीबाट प्रतिहेक्टर ६ मेट्रिक टनका दरले ४२ हजार मेट्रिक टन आँप उत्पादन भएको जनाएको छ ।

यस वर्ष एकातिर आँप उत्पादन घटेको छ भने अर्कोतिर फलेको आँप बाहिर जिल्ला पठाउन नसक्दा उचित मूल्य नपाएको किसानको गुनासो छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!