देवानगञ्ज, ७ असार । सुनसरीको देवानगञ्ज गाउँपालिका-५ साहेवगञ्जमा रक्तदान कार्यक्रम आयाेजना भएको छ । साेमबार लायन्स क्लब अफ काठमान्डु इनर्जेटिक युथले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
उक्त रक्तदान कार्यक्रममा २५ जनाले रगत दिएको स्थानीय युवा राकेश यादवले जानकारी दिए । रक्तदान गर्नेमा स्थानीय जनप्रतिनिधि,क्लबका सदस्यहरु, महिला, युवा, सशस्त्र प्रहरी र स्थानीयको सहभागी रहेकाे उनले बताए




