उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिकाले ब्यावसायीक पशुपालक किसानहरुलाई पूर्ण अनुदानमा च्यापकटर वितरण गरेको छ । पशुपालनका लागि सहज होस भनेर घाँस काटेर खुवाउने मेसिन (च्याप कटर) वितरण गरिएको छ ।
गाउँपालिकाको पशु स्वास्थ्य शाखाले समूह, फर्म तथा व्यक्ति गरी १२ वटा च्यापकटर मेसिन उपलब्ध गराएको हो । ब्यावसायीक रुपमा पशुपालन गर्ने किसानहरुलाई प्रविधी संगै बजारीकरण, घाँस बिउ समेतमा सहयोग गर्ने काम गाउँपालिकाले गर्दै आएको छ उदयपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव सुवेदीले भने, यस्ता सहयोगलाई यस पटक थप गर्ने योजना रहेको छ ।
गाउँपालिकाको ८० प्रतिशत अनुदान र समूह वा फर्म, व्यक्तिको २० प्रतिशत लगानीमा उक्त च्यापकटरहरु वितरण गरिएको अधिकृत सुवेदीले जानकारी दिए । उनका अनुसार करिव ४ लाख रकम बराबरको च्यापकटर वितरण गरिएको जनाएको छ ।




