२०८२ कार्तिक १४       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ९ असार । सुरक्षाकर्मीलाई छल्नका लागि लागुऔषध ओसारपसार गर्ने गिरोहले अनेक उपाय लगाउन थालेका छन् ।

नेपाल-भारत सीमा क्षेत्रमा गरिएको सुरक्षा कडाइपछि कानुनद्धारा बर्जित लागुुऔषध ओसार्न गिरोहले विभिन्न उपाय अवलम्बन गर्न थालेका हुन् । भारतीय बजार जोगवनीबाट नेपालतर्फ लागुऔषधको अवैध ओसारपसार हुने गरेको छ ।

खानेतेलको गिलेनमा राखेर लागुऔषध ओसारपसार गर्ने एक जना विराटनगरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी चक्रघट्टी–७ का ३२ वर्षीय राजकुमार मगर रहेका छन् ।

विराटनगर महानगरपालिका–१६ दक्षिण गेटबाट उनलाई लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले मङ्गलबार बेलुका साढे ६ बजे पक्राउ गरेको हो ।

चेकजाँचका क्रममा उनले बोकेको झोलामा खानेतेलको गिलेनमा एभिल ७७ एम्पुल, लुपिजेसिक ७५ एम्पुल, डाइजाल्याप ७५ एम्पुल र फेनारगन ७८ एम्पुल फेला परेको थियो ।

पक्राउ परेका मगरलाई इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!