२०८२ चैत्र १९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

भोजपुर, ११ असार । पछिल्लो समय भोजपुरका युवाको व्यवसायिक कृषि खेतितर्फ आकर्षण वढ्दै गएको छ । कोरोना माहामारीका कारण वैदेशिक रोजगारीमा काम गुमाएका तथा वाहिरी जिल्लाहरुमा काम गरीरहेका युवाको कृषिमा आकर्षण वढ्दै गएको हो । संक्रमण रोकथामका लागि सरकारले जारीगरेको निषेधाज्ञाका कारण आफ्नो रोजगार गुमाएर घर फर्केका अधिकाशं युवा व्यवसायिक कृषि खेतीमा लागेका हुन् । समय अनुकुल उत्पादन हुने अदुवा, खुर्सानी, गोलभेडा लगायतका तरकारी खेतिमा लागि रहेका छन् ।

बाहिरी जिल्लामा विभिन्न क्षेत्रमा काम गरीरहेकाहरु घर फर्केर गाउँमा व्यवसायिक ढङगबाट कृषिमा लागिरहेको भोजपुर नगरपालिका पोखरेका अगुवा कृषक नवीन प्रधानले बताए । महामारीका रुपमा फैलिरहेको यो कोरोनाले धेरैको रोजगारी गुमेको बताउँदै उनले भने, ‘जसका कारण गाउँका युवा यतिवेला गाउमै फर्केकाछन् ति मध्ये व्यवसायिक कृषिमा जोडिन चाहाने युवालाई स्थानीय सरकारहरुले पनि हौसला प्रदान गर्नुपर्छ ।”

पछिल्लो समय युवामा कृषि क्षेत्रमा लागिरहँदा गाँउघरमा बाम्झिएका खेतवारी उव्जाउ भूमिममा परीणत भैरहेकोछ । जिल्लाको पश्चिमि टेम्केमैयूम गाउपालिका ३ अन्नपूर्णका मणिराज निरौला वैदेशिक रोजागरीबाट स्वदेश फर्कीएर व्यवसायिक च्याउ खेतिमा लागेका छन् ।

परिवारको घरखर्च र परिवारलाई मिठो मसिनो खाने र केही पैसा कमाएर केही गर्ने सोच बनाएर मलेसियामा चार वर्ष विताएका निरौलालाई वैदेशिक कमाईबाट सन्तुष्टि भएन । त्यसलगत्तै कोरोना सक्रमणको बारेमा उनले समाचार हेरेपछि नेपालमै केही गर्ने सोचले स्वदेश फर्किएको बताए ।

“सिङगो परीवारको सपना साकार गर्न वैदेशिक रोजगारीमा गए सोचे जस्तो भएन । त्यस माथि कोरोनाको माहामारी स्वास्थ्यमा चुनौति त्यसपछि त्यहाँ गर्ने मिहिनेतले नेपालमै केहि गर्छु भन्ने सोचले नेपाल आए अहिले च्याउखेती गरीरहेकोछु । विदेशको चालीस हजारको कमाई भन्दा आज स्वदेशमै परीवार सँगै वसेर मासिक ८० हजार देखि ९० हजार सम्म कमाई रहेको छु,” उनले भने ।

पछिल्लो समय राज्यको पुर्नसंरचनाका कारण निर्माण भएका नगरपालिका तथा गाउँपालिका सगै सडक सञ्जालले तराई सँग जोडे पश्चात उत्पादित कृषि उपजको वजारीकरणमा समेत सहजता आएपछि कृषि क्षेत्रमा आकर्षण वेढेको हो । टेम्केमैयुम गाउपालिकाका जोहन राई पनि व्यवसायिक खुर्सानी खेतीमा लागेका छन् । छिमेकी तराईका जिल्ला सुनसरीमा पेन्टरको काम गर्दै गरेका राईले करिव दश रोपनि क्षेत्रफलमा खुर्सानी खेती विस्तार गरेका थिए ।

‘कोरोनाले व्यवसाय चिनायो खास केहिले नरोक्ने नछेक्ने व्यवसाय भनेकै कृषि रहेछ,’ राईले भने, ‘हुँदा र सक्दा सरकारी जागिर नहुँदाको व्यवसाय भनेको कुषि रहेछ । लकडाउनले पनि नछेक्ने अब हामी जस्ता युवाले कृषिमा उदाहरणीय बनेर देखाउनुपर्छ जसका कारण हामि जस्ता युवा पनि व्यवसायिक वन्न सकिन्छ। ”

त्यस्तै वैदेशिक रोजगारीमा आधा जीवन बिताउनु भएका भीमकुमार राई पनि गाउँ फर्केर व्यवसायिक कृषिमा लाग्ने तयारीमा छन् । ३२ वर्ष खाडीका विभिन्न देशहरुमा बिताएका राई अहिले गाउमै कृषि क्षेत्रमा केही गर्ने लक्ष्यका साथ नेपाल आएको बताए ।

‘अबको बाँकी समय भनेको मेरो कृषि क्षेत्रनै हो म वाख्रा पाल्ने तयारीमाछु स्वदेशमै केहि गर्ने इच्छा छ । त्यो सम्भावना पनि प्रसस्त छन् सरकारले कृषि क्षेत्रको वीमालाई प्रभाकारी ढङगले अगाडि वढाउनु पर्छ र सुलभमा ऋण दिने व्यवस्था गरीनु पर्छ अनि अझ कृषि बाट स्वरोजगार वन्न सकिन्छ’,  उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!