२०८२ कार्तिक १४       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ, ११ असार । कृषि मन्त्रालयलले यस पटक रासायनिक मलको अभाव नभएका कारण धान उत्पादन बढ्ने दाबी गरेको छ । मन्त्रालयका प्रवक्ता डाक्टर श्रीराम घिमिरेले समयमा नै पानी परेको र मल, बिउको पनि समस्या नभएकाले यसपालि धानको उत्पादन बढ्ने बताएका हुन् ।

मन्त्रालयले यसपालि धानको उत्पादन बढेर ६० लाख मेट्रिक टन पुग्ने दाबी गरेको छ । अघिल्लो वर्ष भने ५६ लाख मेट्रिक टन धान उत्पादन भएको थियो । प्रवक्ता घिमिरेले वर्षाका लागि आवश्यक पर्ने रासायनिक मलको कुनै समस्या नभएकाले बाढी पहिरोले क्षति नपुुगे धान उत्पादन बढ्ने बताए ।

उनका अनुसार अहिले ८० हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ । हिउँदका लागि पनि मलको अभाव हुन नदिन सरकारले भारत, बंगलादेशलगायत देशबाट मल ल्याउँदैछ । जीटूजीमार्फत पाँच वर्षका लागि मल खरिद गर्ने सम्झौता गर्न लागिएको छ ।

पहिलो वर्ष एक लाख १० हजार मेट्रिक टन, दोस्रो वर्ष एक लाख २५ हजार मेट्रिक टन, तेस्रो वर्ष एक लाख ४० हजार मेट्रिक टन गर्दै पाँचौँ वर्षमा दुई लाख १५ हजार मेट्रिक टन मल खरिद गर्ने प्रस्ताव गरिएको बताए ।

तथापि, भारतले नेपालले मागेजति मल उपलब्ध गराउन नसक्ने जनाउँदै मात्रा घटाउन आग्रह गर्दै पत्र पठाएको छ । भारतबाट मागे जति मल नआए पनि अन्य देशबाट पनि ल्याउन पहल भइरहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!