२०८२ कार्तिक १४       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

देवानगञ्ज, ११ असार । सुनसरीको देवानगञ्ज गाउँपालिकाले आर्थिक वर्ष २०७८–७९ का लागि एक ५३ करोड २ लाखको बजेट प्रस्तुत गरेको छ । बिहीबार गाउँपालिका उपाध्यक्ष पुनिताकुमारी यादवले ५३ करोड २ लाख ३४ हजार १४० को बजेट प्रस्तुत गरेकी हुन् ।

उनले चालु ३५ करोड १८ लाख ४० हजार ६४० र पूँजिगततर्फ १७ करोड ८३ लाख ९३ हजार ५०० बजेट विनियोजन गरेकी हुन् । गाउँपालिकाले कृषि तथा पशुतर्फ १ करोड ४६ लाख विनियोजन गरिएको छ ।

यसैगरी, सामाजिक विकासअन्तर्गत शिक्षा र खेलकुदतर्फ चालु र पुँजिगत गरेर १४ करोड ६ लाख विनियोजन गरिएको छ भने स्वास्थ्यतर्फ ३ करोड ३८ लाख, भौतिक पूर्वाधारतर्फ ११ करोड ६३ लाख ९३ हजार ५०० विनियोजन गरिएको छ ।

गाउँपालिकाले कृषितर्फ एक करोड २२ लाख, पशुमा २४ लाख, पर्यटनमा १० लाख, शिक्षामा १४ करोड ४ लाख, स्वास्थ्यमा ३ करोड ३८ लाख, खानेपानी सरसफाइमा १ लाख, सामाजिक न्याय र सुरक्षामा १५ लाख, बालबालिका, किशोरकिशोरी, लैङ्गिक समानता र अपाङ्गतातर्फ ८ लाख ५० हजार, युवा तथा खेलकुदमा २ लाख बजेट विनियोजन गरिएको छ ।

यस्तै, गाउँपालिकाले गरिवी निवारण तथा बेरोजगारमा २० लाख, सांस्कृतिक पर्यटनमा १० लाख, आयुर्वेदमा ७१ लाख, लघु उद्यम विकासमा २७ लाख, जेष्ठ नागरिक सामाजिक सरक्षा र पञ्जीकरण, १५ लाख, सहकारीमा ३ लाख विनियोजन गरेको छ ।

गाउँपालिकाले भौतिक पूर्वाधारतर्फ ८ करोड ४७ करोड ९३ हजार ५०० बजेट विनियोजन गरेको छ । अन्य भौतिकतर्फ पालिका भवनमा ३ करोड, विद्युत तथा उर्जामा ८ लाख, झोलुङ्गे पुलमा १६ लाख, तराई मधेश समृद्धि कार्यक्रममा २५ लाख, वन तथा वातावरणमा ५० हजार, विवद व्यवस्थापनमा एक करोड, सूचना, सञ्चार तथा प्रविधितर्फ ७० लाख विनियोजन गरेको छ ।

यस्तै, वडास्तरीय बजेट ४ करोड ३४ लाख, युवा स्वरोजगार कार्यक्रममा ५० लाख, प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा ५८ लाख, सुरक्षित आवासतर्फ ३७ लाख बजेट, गापा, करुणा फाउन्डेसनको साझेदारी र प्रदेश सरकारबाट ४२–४२ लाख, कार्यालयको संस्थागत विकास, कर्मचारी, प्रशासन सञ्चालनतर्फ ११ करोड, ५९ लाख, २१ हजार १४० गरी ५३ करोडको बजेट विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणि गुरागाईँले जानकारी दिए ।

उनका अनुसार गाउँपालिकाले बजेटको नयाँ प्रारुपस्वरुप विपन्न दलित महिलातर्फ २० वर्ष पुगेपछि छोरीको बिहे गर्नेलाई १० हजार विवाह खर्च उपलब्ध गराउने भएको छ । विपन्न दलित परिवारबाट नै ११–१२ कक्षा पढ्ने छात्रालाई वार्षिक १० हजार छात्रवृत्ति उपलब्ध गराउने भएको छ भने कोरोना संक्रमणका कारण मृत्यु भएकाको परिवारलाई ५० हजार आर्थिक सहयोग गर्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!