खोटाङ, १४ असार । खोटाङमा खुकुरी प्रहार गरी वृद्ध बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका २८ वर्षीय सुवर्ण राई रहेका छन् ।
आफ्नै बुबा ७२ वर्षीय चन्द्रबहादुर राईलाई गर्धनमा खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले सुवर्णलाई पक्राउ गरेको हो । आइतबार बिहान पौने ५ बजे खुकुरी प्रहार गरी हत्या भएको सूचना पाउनासाथ जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले सुवर्णलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार सुवर्णलाई सोही वडाको अल्छेढुङ्गाबाट नियन्त्रणमा लिइएको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




