२०८२ कार्तिक १४       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ, १३ असार । आर्थिक वर्ष २०७७–७८ मा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको छ । यस आर्थिक वर्षमा १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । सो क्षेत्रफलमा गरिएको धान खेतीबाट ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको कृषि विभागकी निमित्त महानिर्देशक जानुका पण्डितले बताइन् ।

अठारौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको पूर्वसन्ध्यामा कृषि विभागले आइतबार कार्यालय परिसरमा पत्रकार सम्मेलन गर्दै अघिल्लो वर्षको धानको उत्पादनको सम्बन्धमा बताएको हो ।

विभागले यस वर्ष अघिल्लो वर्षको तुलनामा धानको क्षेत्रफलमा एक प्रतिशत र धान उत्पादनमा एक दशमलव तीन प्रतिशतले वृद्धि भएको जनाएको छ । निमित्त महानिर्देशक पण्डितले आगामी दिनमा धान बालीको उत्पादकत्व वृद्धिको दरलाई अझै फराकिलो र दीगो बनाउनुपर्ने आवश्यकता रहेको बताइन् ।

देशमा धानको उत्पादन वृद्धि गरी खाद्य सुरक्षाको अवस्था सुधार गर्न, धानमा आत्मनिर्भर बन्न र उत्पादनलाई उद्योगसँग जोड्दै रोजगारी र आयमा वृद्धि गर्न सकिने आधारहरू रहेको उनले बताइन् । पछिल्लो ३० वर्षमा धान उत्पादनमा ६० प्रतिशत र उत्पादकत्वमा करिब ५९ प्रतिशत वृद्धि भएको पनि उनले जानकारी दिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!